scheduleबिहिवारबैशाख ९ गते, २०७८

मेलम्चीको पानी आज काठमाडौं आइपुग्दै, अवलोकनका लागि प्रम ओली जाने

काठमाडौं, २२ फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज काठमाडौंको सुन्दरीजलमा आइपुग्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो । सुरुङबाट पानी आज सुन्दरीजल आइपुग्ने आयोजनाले जनाएको छ ।

आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।

सुरुङबाट आएको पानी सुरुमा भने बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो ।

पानी आजै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ ।

सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिने छ । तर आयोजनाका अनुसार त्यसका लागि भने अझै केही समय फर्खिनु पर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay