scheduleबुधवारबैशाख ८ गते, २०७८

नेकपा संसदीय दलको बैठकमा ओली समूह, वामदेव कता ?

काठमाडौँ, २२ फागुन । विभाजित नेकपाको ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । शनिबार तीन बजे बालुवाटारमा डाकेको संसदीय दलको बैठकमा बहुमत सदस्यको उपस्थिति हुने उक्त समूहले जिकिर गरेको छ ।

आइतबार बोलाइएको संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको र यो बैठकमा आफ्ना पक्षका एक सय १५ जना भन्दा बढी सांसदहरु उपस्थित हुने राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले दावी गरेका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीले भेट गरेपछि नेकपा उपाध्यक्ष वामदेव गौतम पनि यो बैठकमा आउने ओली समूहको दावी रहेको छ । गौतम बिरामी भएको भन्दै शुक्रबार साँझ प्रधानमन्त्री ओलीले उनको निवास भैँसेपाटीमै गएर भेटेका थिए ।

आफ्नो समूहका जम्बो टोली लिएर भैंसेपाटी पुगेका ओलीले गौतमलाई आफूतिर आएर आफ्नो उत्तराधिकारी बनाउने प्रस्ताव गरेको हल्ला गरिएको थियो । गौतम ६ दिनअघि आफ्नो घरको सिँढीबाट लडेर आराम गरिरहेका छन् ।

उता गौतमको सचिवालयले भने भेटमा राजनीतिक कुरा नभएको स्पष्ट पारेको छ । ‘छिटो निको हुनोस् भन्नुभयो, राजनैतिक बिषयमा प्रवेश गर्नुभएन,एकछिन बसेर जानुभयो,’ गौतमले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay