scheduleबुधवारबैशाख ८ गते, २०७८

म प्रधानमन्त्रीको दौडमा छैनः देउवा

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको जिकिर गरेका छन् । नयाँ सरकारको चर्चा चलिरहेको र संसद अधिवेशन नजिकिइरहेको बेला सभापति देउवाले उक्त कुरा बताएका हुन् ।

शनिबार आफ्नै निवासमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भएपनि आफू भने प्रधानमन्त्रीको रेसमा नभएको जिकिर गरेका हुन् । देउवाले भने, ‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म यो दौडमा छैन ।’

उनले नेकपाभित्रको आन्तरिक किचलोमा फस्ने कुनै रुचि नभएको बताए । उनले नेकपा विवादलाई नेकपाकै आन्तरिक कुराको रुपमा छाडिदिनुपर्ने बताए । उनले भने, ‘यो उनीहरुको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौं ।’

सभापति देउवाले संसदमा कम्युनिष्टहरुको प्रस्तुति हेरेर निर्णय गर्ने बताए । उनले भने, ‘संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay