scheduleबुधवारबैशाख ८ गते, २०७८

प्रधानमन्त्री ओली आइतबार खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्दै

काठमाडाैं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप आइतबार लगाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सुरु गर्नका लागि प्रधानमन्त्री ओलीले आइतबार खोप लगाउने भएका हुन् ।

उनले आइतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाउने छन् । यस अभियान अन्तर्गत आइतबारदेखि संवैधानिक निकायका पदाधिकारीले समेत खोप लगाउने भएका छन् ।

आइतबारबाट ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay