केपी ओली कुहिएको अन्डा हो : प्रचण्ड (भिडियो)
काठमाडाैं, २२ फागुन । नेकपा प्रचण्ड – माधव समूहका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई कुहिएको अन्डासँग तुलना गरेका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले कम्युनिष्टहरु बिग्रिएपछि साह्रै घनाउँछन् भन्दै ओलीलाई बिग्रिएको कम्युनिष्टको संज्ञा दिएर कुहिएको अन्डासँग तुलना गरेका हुन् । उनले भने – ‘कम्युनिष्टहरु राम्रा हुन्छन् तर गनाउन थाले बिग्रन थाले भने त्यो भन्दा नराम्रो कोही हुन्न केपी ओली त्यही हो कुहिएको अन्डा हो ।’ अन्डा स्वास्थ्यका लागी राम्रो हुन्छ, यो प्रोटिनयुक्त पनि छ तर यो कुहिएपछि सार्है गन्धा आउँछ, उनले थपे ।
‘कम्युनिष्ट पार्टीभित्र निरन्तर संघर्ष चल्छ यो समाज विकासको नियम पनि हो ‘,उनले भने । यहाँ गलत र सहिको बिचमा निरन्तर टकराव हुने उनको भनाइ थियो ।