scheduleबुधवारबैशाख ८ गते, २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नख्खु कारागारमा, ओलीसँग के कुरा भयो ?

काठमाडौं, २२ फागुन । भर्खरै प्रतिवन्ध फुकुवा भएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नख्खु कारागार पुगेका छन् । कारागारमा रहका नेता हेमन्तप्रकाश ओली ‘शुदर्शन’ सहितका नेताहरुलाई भेट्न उनी कारागार पुगेका हुन् ।

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको भोलिपल्ट उनी वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउनेसहित ओलीलाई भेट्न नख्खु कारागार पुगेका हुन् ।

नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् । संगठित अपराध, बम विस्फोट, राज्यविरूद्धको अपराध मुद्दामा उनलाई कारागार चलान गरिएको हो । २०७५ चैतमा काभ्रेबाट उनलाई पक्राउ गरिएको थियो ।

विप्लवलगायतको समूह बिहान ११ बजे कारागार पुगेको थियो। उनीहरूले करिब आधा घन्टा बन्दीहरूलाई भेटेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay