हङ्कङकाे निर्वाचन प्रणाली फेर्ने चीनको घोषणाप्रति अमेरिकाको विरोध
बीबीसी, २२ फागुन । हङ्कङमा निर्वाचन प्रणाली बदल्ने चीनको घोषणाप्रति अमेरिकाले आलोचना गरेको छ । चीनको नेशनल पिपुल्स कंग्रेस एनपीसीले शुक्रवार हङ्कङ्को निर्वाचन प्रणाली फेर्नेसहितका योजनाहरू सार्वजनिक गरेको थियो। नयाँ घोषणा अनुसार हङ्कङको एसेम्ब्लीमा उठ्ने सबै उम्मेदवारलाई बेइजिङप्रति वफादार एउटा समितिका सदस्यहरूले अनुमोदन गर्नुपर्ने हुन्छ।
विशेष राहदानी भएका हङ्कङवासीहरू विदेश पलायन हुने मनस्थितिमा चीनले हङ्कङमा गत वर्ष कडा राष्ट्रिय सुरक्षा नीति ल्याएको पृष्ठभूमिमा निर्वाचन प्रणालीसम्बन्धी नयाँ योजना सार्वजनिक गरिएको छ । आलोचकका अनुसार चीनले यूकेसँग गरेको ‘एक देश, दुई प्रणाली’ सम्बन्धी सहमतिलाई उल्टाइरहेको र विपक्षीहरूलाई दबाउने काम गरिरहेको छ ।