scheduleबुधवारबैशाख ८ गते, २०७८

३७ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गर्‍यो

काठमाडौं, २२ फागुन । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । ३७ वर्षदेखि टेक्सस राज्यको डालास सङ्ग्रहालयमा राखिएको मूर्ति सङ्घीय जाँच ब्यूरो (एफबिआई) र अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वाशिङटनस्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको हो ।

अमेरिकी विदेश मन्त्रालय, कला, सांस्कृतिक सम्पदा संरक्षण विभाग, सञ्चार क्षेत्रलगायतको संयुक्त प्रयासबाट हराएको मूर्ति नेपाललाई हस्तान्तरण गर्न पाएकोमा अमेरिकाले प्रसन्नता व्यक्त गरेको छ । अमेरिकाको टेक्सास राज्य डल्लास म्युजियम अफ आर्टमा गएको वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको नारायण मन्दिरबाट हराएको थियो ।

मूर्तिबारे न्यूयोर्कमा रहेको जोन जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनले सूचना दिएकी थिईन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को मापदण्डअनुरुप नेपालको उपयुक्त स्थानमा स्थापना गर्न मूर्ति नेपाल पठाइने दूतावासले जनाएको छ ।

नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर मूर्ति नेपाल पठाइने जानकारी दिएको छ । रकम अभावका कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव(कमलाजाको मूर्तिलाई लागेजति खर्च ब्यहोरेर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay