scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लवसँग एउटै पार्टीमा रहेर काम गर्ने प्रचण्डको चाहना

काठमाडौं, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लवसँग एउटै पार्टीमा रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन् । विप्लवलाई आफ्नो पार्टीमा स्वागत गर्न आतुर रहेको उनले बताएका छन् । पेरिसडाँडामा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू हिँडेकै बाटोमा आएकाले विप्लवसँग शान्तिपूर्ण राजनीतिमा सँगसँगै हिँड्न तयार रहेको बताए ।

विप्लव शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्दै प्रचण्डले भने – ‘विप्लव अन्ततःमैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु, र छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’ ओलीमा एउटामा मान्छेमा हुने न्यूनतम नैतिकता पनि नभएको आरोप लगाउँदै प्रचण्डले अब ओलीबाट देशले निकास नपाउने बताए ।

अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले फुर्ति देखाउने दिन गएको भन्दै अहिले राजीनामा दिएको भए प्रधानमन्त्री ओलीमा नैतिकताको थोरै भए पनि अंश देखिने तर राजीनामा नदिएर आफूलाई नैतिकहीन प्रमाणित गरेको आरोप लगाए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay