scheduleबिहिवारबैशाख ९ गते, २०७८

ओली समूहको संसदीय दलको बैठकमा पनि ११५ भन्दा धेरै सांसद उपस्थित भएको दाबी

काठमाडौं, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पनि आफूहरुको संसदीय दलको बैठकमा पनि ११५ भन्दा धेरै सांसद सहभागि भएको दाबी गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य उपस्थित भएको राष्ट्रिय सभाका सदस्य एवं नेकपाको ओली समूहका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए । प्रधानमन्त्री ओलीले भोलि यो संख्या बढ्नेसमेत विश्वास लिएका छन् ।

कानुनी हिसाबले नेकपा विभाजन हुन कठिन रहेको भन्दै उनले पार्टी एक हुने र उत्साहको साथ आफूहरू अगाडि बढेको बताए । एसएमएसमार्फत ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको भएपनि उनीहरु भने बैठकमा सहभागि भएनन् ।

यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा पनि बहुमत सदस्य उपस्थित रहेको दाबी गरिएको थियो । बैठकमा १११ बहुमत सांसद उपस्थित भएका र चारजना सांसद बाहिर रहेको अध्यक्ष प्रचण्डले बताएका थिए ।

गएको पुस ४ गते राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेलगत्तै नेकपा राजनीतिक रुपमा दुई समूहमा विभाजित छन् । दुबै समूहको निर्णयलाई निर्वाचन आयोगले भने मान्यता दिएको छैन । दुबै समूहले एकले अर्को समूहलाई कारबाही गर्दै अघि बढिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay