scheduleबुधवारबैशाख ८ गते, २०७८

पेट्रोलियम पदार्थको मूल्य बढाउने र घटाउने विषयमा हस्तक्षेप गरेको छैन–मन्त्री भट्ट

काठमाडौं, २२ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न र घटाउन आफूले कहिल्यै हस्तक्षेप नगरेको बताइका छन् । नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मूल्यवृद्धिले जनतालाई असर गर्ने कुरो अन्य देशमा कसरी बेहोरेको छ, त्यसको अध्ययन गर्न जरुरी रहेको भन्दै उनले तर आफूले कहिल्यै हस्तक्षेप नगरेको बताए ।
जनतालाई मूल्यवृद्धिले असर गर्ने कुरो अन्य देशहरुमा कसरी बेहोरेको छ त्यसको अध्ययन गर्न जरुरी रहेको भन्दै उद्योगमन्त्री भट्टले यसलाई अटोमेशनमा लैजाने भन्ने, फेरि मूल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ नहुँदे बताए ।

यस्तै मन्त्री भट्टले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकारविरुद्ध सडकमा जाने गरेको भन्दै कति ठिक र कति बेठिक हो समिक्षा गर्नुपर्ने आवश्यक रहेको बताए । आउदो दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्न समेत उनले सरोकार राख्ने सबैसँग आग्रह गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay