scheduleबुधवारबैशाख ८ गते, २०७८

प्रधानमन्त्री ओलीले अविश्वासकाे प्रस्ताव आए सामना गर्ने, विश्वासकाे मत भने नलिने

काठमाडाैं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासकाे प्रस्ताव आए त्यसकाे सामना गर्ने भएकाे छ । तर, विश्वासकाे मत भने नलिने नेकपाकाे ओली समूहका एक नेताले बताए । भाेलीकाे प्रतिनिधिसभा बैठकमा कसरी उपस्थित हुने भन्नेबारे नेकपाकाे ओली समूहकाे आज संसदीय दलकाे बैठक बसेकाे थियाे । बैठकले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएको छ ।

बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली पक्षका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा दृढताका साथ अगाडि बढ्न निर्देशन दिएको खिमलाल भट्टराईले बताएका छन् । भट्टराईले अविश्वास प्रस्ताव ल्याउन कसैले हिम्मत समेत नगर्ने उनले बताए । उनले आफ्नो समूहका सांसदहरुको बैठकमा दलका नेता ओलीले संसदमा अविश्वासकाे प्रस्ताव आए सामना गर्ने बताएकाे जानकारी गराए ।

उनले अन्य पक्षमा भएका नेताहरु ओली पक्षमा फर्कने दाबीसमेत गरे । बैठकमा ११५ सांसद सहभागी भएको भट्टराईले बताए । गएकाे पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटनकाे निर्णय गरेपछि नेकपा दुई समूहमा विभाजित छ । प्रचण्ड–नेपाल पक्षले शुक्रबार संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

प्रतिनिधिसभाको बैठक भोलि २३ गते बोलाइएको छ । त्यसको अघिल्लो दिन ओली समूहले संसदीय दलको बैठक बोलाएको थियो, जसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ११५ सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले दाबी गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay