scheduleबुधवारबैशाख ८ गते, २०७८

शनिबार थप ४७ जनामा कोरोना पुष्टि, मृत्यु शुन्य

काठमाडाैं, २२ फागुन । नेपालमा शनिबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ ।

त्यस्तै थप ६२ जना कोरोनामुक्त भएका छन् । यो संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७० हजार ८२८ पुगेको छ ।

नेपालमा गत २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल नेपालमा ८१७ जना आइशोलेशनमा र ५५ जना क्वारेन्टाइनमा रहेका छन् भने २१ लाख ८८ हजार ७२५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay