scheduleबुधवारबैशाख ८ गते, २०७८

हामीहरुले सशस्त्र विद्रोह गरेका थिएनौँ, हतियार पनि छैन – धर्मेन्द्र बास्तोला

काठमाडौं, २२ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफूहरुले सशस्त्र संघर्ष नगरेको बरु एकीकृत जनक्रान्ति गरेको बताएका छन् । रपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा उनले सशस्त्र विद्रोह नगरेकोले आफूहरुसँग हतियार पनि नभएको बताए ।

देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने भन्दै उनले आफ्नो पार्टीको एजेण्डाबाट आफूहरु पछि नहट्ने बताए । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक रहेकाले जनमतसंग्रह गरिनुपर्ने उनको माग छ । उनले आफूहरु देशलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि बताए ।

अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनको भनाई छ । उनले गरिब नेपाली जनताको अवस्था अहिले पनि पहिलेजस्तै रहेको बताए ।आफूहरुले पहिले पनि यही राजनीतिक बाटोबाट गए देश अस्थिरतातर्फ नै जान्छ भनेर राजनीतिक विश्लेषण गरेको र अहिले आएर त्यो कुरा पुष्टि भएको बताए । उहाले सरकार र आफूहरुबीच भएको तीन बुँदे सहमति पालना हुनेमा शंका नगर्नसमेत आग्रह गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay