scheduleबुधवारबैशाख ८ गते, २०७८

मेलम्चीको पानी काठमाडौंमाः प्रभावित क्षेत्रका बासिन्दालाई प्रधानमन्त्री ओलीले दिए धन्यवाद

काठमाडौं, २२ फागुन । मेलम्ची खानेपानी परियोजनाको पानी शनिबारदेखि काठमाडौँतर्फ पठाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको सुन्दरीजलमा अवलोकन गरेपछि पानी काठमाडौं पठाईएको हो ।

अवलोकनपछि प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौँमा ल्याएर ठूलो सफलता प्राप्त भएको भन्दै मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकका स्थानीय बासिन्दालाई धन्यवाद दिएका छन् ।

उनले यस सफलताका लागि खानेपानी मन्त्रालय र सबै सम्बद्धहरुको प्रशंसासमेत गरे । ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।

लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गरे । उनले मेलम्चीको कुरा चल्दा आफ्नो कपाल कालै भएको स्मरण गर्दै यो पूरा हुँदा कपाल सेतै भैसकेको बताए । आफ्नै सरकारका पालामा आफूले ठूलो उपलब्धि हासिल गरेको भन्दै उनले सरोकार राख्ने सबै व्यक्तिलाई धन्यवाद दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay