scheduleबुधवारबैशाख ८ गते, २०७८

जीप दुर्घटना : ३ को मृत्यु, ४ घाइते

काठमाडौं, २२ माघ । दार्चुलामा जीप दुर्घटना भएको छ । शनिबार साँझ शैल्यशिखर नगरपालिका ८ अमोलीबाट लेकम गाउँपालिका ४ रिठाचौपातातर्फ जाँदै गरेको जीप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।

सो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जीप चालक ३८ वर्षीय करन नाथ, ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्त रहेका छन् । १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय वसन्त पन्त , ७२ वर्षीय बुद्धिबल्लभ पन्त र ७० वर्षीया गंगादेवी पन्त घाइते भएका छन् ।

घाइतेहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay