scheduleआइतवारबैशाख ५ गते, २०७८

प्रिमियर लिग: साउथह्याम्पटनले सेफिल्डलाई हरायो, बर्नली र आर्सनलको बराबरी

काठमाडौं, २३ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा साउथह्याम्पटनले जीत निकालेको छ । साउथह्याम्पटनले सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा २-० ले हराएको हो ।

साउथह्याम्पटनको जीतमा जेम्स वार्ड प्रावज र के एडम्सले एक-एक गोल गरेका थिए । दुवै हाफमा एक-एक गोल भएका थिए ।

खेलको ३२औं मिनेटमा वार्ड प्रावजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ४९औं मिनेटमा एडम्सले गोल गरेपछि पाहुना टोलीको अग्रता दोब्बर भयो । त्यसपछि थप गोल भएनन् र साउथह्याम्पटन २-० ले विजयी भयो ।

जीतसँगै २७ खेलबाट ३३ अंक जोडेको साउथह्याम्पटन अंकतालिकाको १४औं स्थानमा रहेको छ भने पराजित सेफिल्ड १४ अंकसहित पुछारमा रहेको छ ।

गएराति नै भएको अर्को खेलमा बर्नली र आर्सनलले १-१ गोलको बराबरी खेलेका छन् । बर्नलीको मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने पाहुना टोली आर्सनलले लिएको थियो ।

छैटौं मिनेटमा नै पिएरी एमरिक औबमेयाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ३९औं मिनेटमा क्रिस वूडले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन सकेन र दुवै टोलीले अंक बाँड्न बाध्य भए ।

बराबरीपछि आर्सनल २७ खेलबाट ३८ अंक जोड्दै १०औं स्थानमा रहेको छ भने बर्नली ३० अंकसहित १५औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay