scheduleआइतवारबैशाख ५ गते, २०७८

प्रिमियर लिग: ब्राइटनमाथि लेस्टरको पुनरागमन जीत, भिल्ला र वुल्भसले अंक बाँडे

काठमाडौं, २३ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । लेस्टरले ब्राइटनलाई उसैको मैदानमा २-१ ले हराएको हो ।‍

लेस्टरको जीतमा मार्क अलब्राइटन र डानियल अमार्टेले १ १ गोल गरेका थिए । ब्राइटनका एडम ललानाले १ गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने ब्राइटनले लिएको थियो । १‍०औं मिनेटमा ललानाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यसपछि कुनै गोल भएनन् ।

दोस्रो हाफको ६२औं मिनेटमा इहियानाचोले गोल गर्दै खेल बराबरीमा ल्याए । ८७औं मिनेटमा अमार्टेले गोल गरेपछि लेस्टर पुनरागमन जीतसहित ३ अंक हासिल गर्न सफल भयो ।

जीतसँगै २८ खेलबाट ५३ अंक जोडेको लेस्टर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित ब्राइटन २७ खेलबाट २६ अंकसहित १६औं स्थानमा छ ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा एस्टन भिल्ला र वुल्भसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि २६ खेलबाट ४० अंक भएको भिल्ला तालिकाको नवौं स्थानमा रहेको छ भने वुल्भस २८ खेलबाट ३५ अंकसहित १२औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay