scheduleबुधवारबैशाख ८ गते, २०७८

कति छ आज सुनचाँदीको मूल्य

काठमाडाैं, २३ फागुन । स्थानीय बजारमा आइतबार सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५०० ले वृद्धि भएको छ ।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा ५०० ले नै उकालो लागेको छ । तोलामा ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा एक हजार २५० मा कारोवार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay