ओली-प्रचण्डको नेकपा खारेज
काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज गरिदिएको छ ।
यो सँगै अब नेकपाको आधिकारिकता ऋषि कट्टेलले पाएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।
आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम निर्वाचन आयोगमा अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट हालेका थिए।