scheduleबिहिवारबैशाख ९ गते, २०७८

प्रचण्ड–नेपाल समूह आधिकारिकता दाबी गर्दै संसद् सचिवालय पुग्यो, तर सचिवालयले सुचना दर्ता गर्न मानेन

काठमाडौं, २२ फागुन । आफूहरुको समूहको निर्णयको आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूह संसद सचिवालय पुगेको छ । समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङसहितका नेताहरू संसद सचिवालय पुगेको हो ।

संसद् सचिवालयका महासचिव भरतराज पौडेललाई भेटेर आफूहरू आधिकारिक रहेको दाबी गर्दै पत्र पेस गरिएके प्रचण्ड नेपाल समूहले जनाएको छ । प्रचण्ड–नेपाल पक्षले आफ्नो पक्षमा बहुमत सांसद रहेको र प्रचण्डलाई संसदीय दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतक नियुक्त गरेको जनाएको छ ।

तर सचिवालयका महासचिव पौडेलले पत्र दर्ता गर्न अहिले कानुनी रूपमा समस्या रहेको र बहुमत सांसदको हस्ताक्षर पनि आवश्यक पर्ने बताएका छन् । यसैबीच सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रश्न चिन्ह खडा भएको छ । यसले राजनीतिक घटनाक्रम नयाँ मोडमा मोडिने देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay