scheduleबिहिवारबैशाख ९ गते, २०७८

सर्वोच्चको फैसलापछि प्रचण्डले मुख खोले- सोचेभन्दा भिन्न निर्णय

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषी कट्टेललाई दिने सर्वोच्च अदालतको निर्णयबारे प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख खोलेका छन् ।

उक्त विषयमा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले आफूहरुले अपेक्षा गरेभन्दा भिन्न किसिमको निर्णय आएको प्रतिक्रिया दिएका छन् । उनले अदालतको सो निर्णयबारे अध्ययनपछि मात्रै थप प्रतिक्रया दिने बताएका छन् ।

कट्टेलले दायर गरेको मुद्दामा आइतवार फैसला गर्दै सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले नेतृत्व गर्दै आएको नेकपाको आधिकारिकता खारेज गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay