scheduleआइतवारबैशाख ५ गते, २०७८

पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभ्याक्सको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं, २३ फागुन । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । टर्किस एयरलाइन्सको बिमानमार्फत आइतबार कोरोना खोप नेपाल ल्याइएको हो ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरेका हुन् । कोभ्याक्स अन्तर्गत नेपाललाई अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप उपलब्ध गराएको हो ।

योसहित नेपाललाई १ करोड ३० लाख डोज खोप उपलब्ध हुनेछ । स्वास्थ्य मन्त्री त्रिपाठीले समयमा नै समयमा नै खोप उपलव्ध हुनुले नेपालको खोप अभियान थप प्रभावकारी हुने बताएका छन् । नेपालमा कोरोना नियन्त्रण गर्न खोप कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने उनले बताएका छन् ।

विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अन्तर्गत २ करोड डोज खोप पठाइएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । कोभ्याक्स डब्ल्यूएचओको नेतृत्वमा कम आय भएका मुलुकलाई कोरोनाविरुद्धको खोप पुर्‍याउने अभियान हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay