सर्वोच्चको फैसलासँगै प्रचण्ड–नेपाल समूह आकस्मिक छलफलमा, निर्णय कस्ताे आउला ?
काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेललाई दिने भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायत नेताहरु छलफलमा जुटेका छन् । निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र पनि अर्कैका नाममा दर्ता भइसकेका छन्। यस्ताे अवस्थामा अब के गर्ने भन्नेबारे छलफल गर्न लागिएकाे नेताहरुले बताएका छन् ।
कट्टेलको पक्षमा सर्वोच्चले फैसला गरेसँगै सिंहदरबारमा प्रचण्ड–नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् । सर्वोच्चको यो फैसलाले केपी शर्मा ओलीलाई भन्दा प्रचण्ड–नेपाल समूहलाई थप धक्का पुग्ने देखिन्छ । माधव नेपाल, झलनाथ खनाललगायत नेताहरु अब पुरानै पार्टीमै फर्कन्छन् या प्रचण्डसँगै नयाँ पार्टी बनाएर अघि बढ्छन् भन्ने चासो उत्पन्न भएको छ ।