scheduleबिहिवारबैशाख ९ गते, २०७८

विष्णु पौडेलले भने- अदालतको फैसला अनुरुप नै अगाडि बढ्छाैं

काठमाडौं, २३ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसला अनुरुप अगाडी बढ्ने बताएका छन् । ओली समूहका महासचिव समेत रहेका पाैडेलले अदालतले गरेको निर्णयलाई सम्मान गरेर जाने बताएका हुन् ।

उनले भने, ‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ ।’

सर्वोच्च अदालतलाई सधैँ सम्मान गर्दै आएको बताउँदै उनले भने, ‘स्वतन्त्र न्यायालयमा विश्वास गर्ने राजनीतिक शक्ति हौं , तर, कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्नेछाैं ।’

ऋषी कट्टेलले दायर गरेको मुद्दामा आइतवार फैसला गर्दै सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले नेतृत्व गर्दै आएको नेकपाको आधिकारिकता खारेज गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay