scheduleबिहिवारबैशाख ९ गते, २०७८

प्रचण्ड–नेपाल पक्षको पत्र संसद सचिवालयमा दर्ता

काठमाडौं, २३ फगुन । खारेज भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र संसद सचिवालयमा दर्ता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएको व्यहोराको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको सांसद् रामनारायण बिडारीले बताएका छन् ।

मुख्य सचेतकमा देवप्रसाद गुरुङलाई निरन्तरता दिएको छ भने उपनेता पछि दलको नेताले नियुक्त गर्ने प्रचण्ड–नेपाल समूहले जनाएको छ । पत्रमा ११२ सांसद्को हस्ताक्षर रहेको बिडारीले बताएका छन् ।

आइतबार दिउँसो २ बजेतिर महासचिवको कक्षमा प्रचण्ड–नेपालसहित सांसदहरू निवेदन लिएर गएका थिए । फागुन २१ गतेको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay