scheduleमगलवारबैशाख ७ गते, २०७८

प्रचण्ड–नेपाल समूहद्धारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले खारेज गरिदिएको नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको भन्दै प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।

बैठकको सुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै विरोध गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay