scheduleबिहिवारबैशाख ९ गते, २०७८

नेकपाबारे सर्वाेच्चकाे फैसला संवैधानिक कम र राजनीतिक बढी भयाे – भट्टराई

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम सम्बन्धी फैसला सर्वोच्च अदालतको संवैधानिक इजलासको यसअघिको फैसलासँग राय बाझिएको नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले बताएका छन् ।

साविक एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला भएपछि अधिवक्ता भट्टराईले पाँच न्यायाधीशले संवैधानिक इजलासमार्फत गरेको फैसलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अस्तित्व स्वीकार गरेको भन्दै तर त्यो फैसलासँग आजको फैसलाको राय बाझिएको बताए ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार नेकपा सम्बन्धी फैसला गरेको हो । यस्तै उनले अदालले गरेको फैसलालाई पुनरावलोकन गर्नसक्ने आधार रहेकोसमेत बताएका छन् ।

विपक्षीमध्ये कुनै एकले यो फैसला चित्त नबुझे पुनरावलोकन गर्न सक्ने उनले बताएका छन् । यो फैसला अस्ति भर्खरै सर्वोच्च अदालतले गरेको आदेशसँग बाझिन्छ। यस्तै ऋषि कट्टेलको माग एमाले र माओवादी बिउँताइदिने नभएर नाममात्र परिवर्तन गरिपाउँ भन्ने रहेको तर सर्वोच्च अदालतले मागभन्दा बढी आदेश गरेको बताएका छन् ।

यो बीचमा नेकपाको नामबाट धेरै काम कारबाही भएको र राष्ट्रिय सभाको चुनाव, प्रतिनिधिसभा र स्थानीय तहको उपनिर्वाचन नै भएकोले तिनको भविष्य फैसलाले डामाडोल बनाएको उनले बताएका छन् । सर्वोच्च अदालतले निवेदकको मागभन्दा अघि बढेर गरेको फैसलाले संवैधानिक र राजनीतिक जटिलता ल्याउने उनले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay