scheduleबुधवारबैशाख ८ गते, २०७८

मेयर कप : बागमतीको लगातार दोस्रो हार

काठमाडाैं, २३ फागुन । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ ।

आइतबार भएको खेलमा काठमाडौं मेयर ११ सँग ९४ रनले पराजित हुँदै बागमतीले लगातार दोस्रो हार व्यहोरेको हो । मुलपानी क्रिकेट मैदानमा काठमाडौंले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको बागमती ३४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५० रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । यस जितसँगै काठमाडौं मेयर–११ ले भने प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा विभागीय टिम एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।

पुलिसले दिएको २ सय ५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो ।

जितसँगै एपीएफले २ खेलमा ४ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पुलिसको भने यो पहिलो हार हो । पुलिसले २ खेलम २ अंक जोडेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay