scheduleमगलवारबैशाख ७ गते, २०७८

गौर हत्याकाण्ड : पीडित परिवारले १४ वर्ष बतिसक्दा पनि न्याय पाएनन्, भद्रकालीमा अनशन बस्ने चेतावनी

काठमाडौं, २३ फागुन । १४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्ड घटनाको पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेको छ । गौर हत्याकाण्ड संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन् ।

दोषीलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै गौर हत्याकाण्ड सँघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई कारबाहीकोे माग गरे । घटना भएको १४ वर्ष बितिसक्दा पनि आजसम्म दोषीहरुमाथि कारबाही हुन नसकेको उनीहरुको गुनासो छ । सरकारले घटनामा शहिद भएकालाई शहिद घोेषणा गर्न र घाइते भएकाहरुको उचित उपचार गर्न सरकारसँग उनीहरुको माग छ ।

गौर घटनामा शहिद भएका साथीहरुलाई सरकारको तर्फबाट शहिद घोषणा गर्नसमेत उनले आग्रह गरेका छन् । घट्नाका घाइते तथा पीडित मनोजकुमार यादव राजनले घाइतेहरुको उपचार राज्यबाट हुनुपर्ने बताए । उनले शहिद परिवारको बालबच्चाको पालनपोषण र घर निर्माण गरिदिन सरकारसँग आग्रहसमेत गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay