scheduleबिहिवारबैशाख ९ गते, २०७८

प्रचण्ड–नेपाल समूह कानुनी परामर्शमा जुट्यो

काठमाडौं, २३ फागुन । अदालतको फैसलापछि कानुनविद्हरुसँग आफूहरु सिंहदरबारमा छलफलमा रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । अदालतले नेकपाको नाम सम्बन्धी मुद्दामा नेकपाको एकीकरण नै खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादीलाई ब्यूँताइदिएर राजनीतिक जटिलता बढाएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

यसैबीच, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिबारे आफूहरु आन्तरिक छलफलमा रहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले मुलुकलाई निकास दिन आफुहरु लाग्नेसमेत बताए । त्यस्तै उनले अव केपी ओली सत्तामा रहन नसक्ने तर्कसमेत गरेका छन् ।

अव कसरी अघि बढ्ने भन्ने बारेमा छिटै निष्कर्षमा पुगिने भन्दै उनले सरकारले ल्याएको अध्यादेशमा आफुहरुको विरोध रहेको बताए । त्यस्तै पूर्वप्रधानमन्त्री माधव नेपालले सर्वोच्चको निर्णयपछि केपी ओली प्रधानमन्त्री पदमा रहन नमिल्ने बताएका छन् । उनले तत्कालिन नेकपा एमाले पनि ओलीको नभएर आफुहरुको रहेको उनले तर्क गरे । सर्वोच्चको निर्णयप्रति आफुहरु छलफलमा रहेको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay