scheduleबुधवारबैशाख ८ गते, २०७८

चिनियाँ परराष्ट्रमन्त्री भन्छन्- चीन र भारतबीचको सीमा विवाद पुरानो हो

काठमाडाैं, २३ फागुन । चिनियाँ अधिकारीले चीन र भारतबीच कतिपय स्थानमा विगतदेखि नै विवाद जारी रहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्नुपर्ने बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘अहिलेको मुख्य विषय कसरी विश्वका दुई ठूला विकासोन्मुख देशहरू एक भएर बस्न र विकास गर्न सक्छन् तथा कसरी सँगसँगै पुनरूत्थान हुनसक्छन् भन्ने हो ।’

उनले भने, ‘प्राचीन सभ्यतासहित दुई छिमेकी मुलुक र विश्वमा एक अर्ब जनसङ्ख्या भएका दुई उदीयमान अर्थतन्त्रका रूपमा चीन र भारतको साझा रुचि र सहयोगको ठूलो सम्भावना रहेको छ । त्यसैले चीन र भारत मित्र र साझेदार हुन्, शत्रु र विरोधीहरू होइनन् ।’

सीमा विवाद इतिहासदेखि नै बाँकी रहेको बताउँदै उनले चीन र भारतले सम्बन्ध मात्रै होइन आपसी मतभेद व्यवस्थापन र नियन्त्रण गर्नु जरूरी रहेको बताए । उनले दृढ सहयोगको माध्यमबाट सीमा समस्याहरूको समाधानका लागि अनुकूल परिस्थिति सिर्जना गर्नुपर्नेमा पनि परराष्ट्र मन्त्री वाङले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay