scheduleबिहिवारबैशाख ९ गते, २०७८

प्रचण्ड–नेपाल समूहले कानुनविद्सँग परामर्श गर्‍याे, सोमवार धारणा सार्वजनिक गर्ने तयारी

काठमाडौं । प्रचण्ड–नेपाल पक्षले सर्वोच्चले ऋषि कट्टेलको नाममा रहने फैसलाका बारेमा सोमवार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आइतबार साँझ सिंहदरबारमा कानूनबिद्सँग छलफल गरेपछि पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको निर्णयपछि आफुहरु छलफलमा जुटेको भन्दै सोमवार धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

प्रचण्डले सर्वोच्चको फैसला अनपेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै आवश्यक निर्णय गर्ने बताएका छन् । समग्रको फैसलाको विस्तारपूर्वक गरेर सोमवार धारणा सार्वजनिक गर्ने उनले बताए ।

पार्टी एकतापछि नेकपाका कसैले पनि नयाँ पार्टी निर्वाचन अयोगमा दर्ता नभएको भन्दै कसैले दर्ता गरेको पाइए राम्रो नहुने उनले चेतावनीसमेत दिए । प्रचण्ड–नेपाल पक्षले सर्वोच्चको फैसलाका बारेमा अन्य बिज्ञ र सरोकारवालासँग छलफल गर्नेसमेत बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay