scheduleआइतवारबैशाख ५ गते, २०७८

कमला ह्यारिसको पोशाक फेसन मात्र नभएर सन्देश पनि हो

मेलिसा ट्वीग

कमला ह्यारिसको फेसन छनौटबारे लेख्न बस्दा रिसाहा ट्वीटर–भीडले भर्चुअल–ढोकामा हतौडा बजार्छ भन्ने कुरामा अगाडि नै मानसिक तयारी हुनुपर्दछ ।

पहिलो आरोप त यही हुन्छ कि– महिलालाई सन् १९५० अघिको जस्तै यौनवादी दृष्टिकोणले हेरिँदैछ । त्यसपछि ‘तिमीले अहिलेसम्म पुरुष राजनीतिज्ञहरूको फेसनशैलीबारे कतिवटा लेख लेख्यौं’ भनेर सोधिनेछ । धेरैजसो फेसन–पत्रकारहरूले सामना गरेको गाह्रो कुरा यही हो ।

यी आरोपहरूको उत्तर दिन सजिलो हुँदैन । जब यस्ता प्रश्न उठ्छन्, मैले आफूलाई सधै दोषी अनुभूति गर्दछु । म आफूलाई एक महिलावादी ठान्ने गर्दछु । मलाई यो थाहा छ कि कमला ह्यारिसले कस्तो बस्त्र लगाउँछिन् भन्दा धेरै महत्वपूर्ण कुरा उनले के काम गर्दछिन् भन्ने हो ।

तर म राजनीतिक पत्रकार परिनँ । त्यसैले म उनको भाषण वा नीतिहरूबारे लेख्दिनँ । त्यसका लागि दर्जनौं समाचारपत्रमा विभिन्न लेखहरू सजिलै पाउन सकिन्छ ।

र यो कुरा पनि सत्य हो कि दोहोरो मापदण्डबारे म उत्तिकै होसियार छु । मैले उपराष्ट्रपति माइक पेन्सको सुटबारे कहिल्यै एक शब्द लेखिनँ । मलाई यस कुरामा खुशी छ कि कुनै सम्पादकले मलाई त्यस्तो लेख्न पनि भनेनन् ।

तर मैले एन्जेला मार्केल, एलिजावेथ वारेन, क्यारी लेम चाङ युइट निगोर वा निकोला स्ट्रुजेनको फेसन छनौटबारे पनि त कहिल्यै लेखेकी छैन । मलाई थाहा छ कि यी ४ जना शक्तिशाली महिला हुनुको बाबजुद मैले लेखिनँ ।

मलाई शंका छ कि यिनीहरू मध्ये कसैलाई ‘भोग’ को कभरपृष्ठमा फोटोको लागि आमन्त्रण गरिएको छ । यदि छ भने पनि पक्कै उनीहरूले अस्वीकार गरे होला । त्यो कुरा ठीक छ, मेरो कुनै आपत्ति छैन ।

तर, जस्तो कि कमला ह्यारिसले यो फेसन–ग्रन्थलाई नै गोली हान्ने तर्क गरिन्, यसले के भन्न पर्ने हुन्छ भने आफ्नो शैली विश्लेषण गर्ने मान्छेहरूलाई पनि स्वीकार गर्न सक्ने मनस्थिति तपाईंमा तयार हुनु पर्दछ ।

मेलिसा ट्वीग

पुरुष राजनीतिज्ञहरूका लागि केही कडा पोशाक नियम छन् । उनीहरू ती पालना गर्दछन्, त्यसैमा बाँधिन्छन् ।

तर, महिला राजीतिज्ञहरूले त्यसो गर्नु परेको छैन । यो सुविधा बरदान र अभिशाप दुवै हो । यसले महिला राजनीतिज्ञहरूलाई विभिन्न तरिकाले आफूलाई प्रस्तुत गर्ने अवसर दिन्छ । अवसरको लामो डोरीमा आफूलाई झुन्डाउने मौका दिन्छ । धेरै महिला नेताहरूले महत्वपूर्ण विशेष सुट लगाएर सार्वजनिक कार्यक्रम भ्याउने गरेका छन् ।

कमला त्यस्ता नेताहरूको सुचीभित्र पर्दिनन् । विगत ६ महिनादेखि हामी त्यही देखिरहेका छौं कि कमलाको पुरानै स्किनी टाउजर र अमिल्दो ज्याकेट ह्वाइट हाउसका लागि उत्तिकै उपयुक्त देखिएको छ ।

उनको चर्चाले अहिले मोनालिसालाई प्रतिस्थापन गरेको छ । पायर मोस, सेर्गेइ हडसन र क्रिस्टोफर जोहन रोगर्सजस्ता अश्वेत फेसन डिजाइनरहरूलाई उनले नयाँ उच्चाई दिएकी छन् ।

मलाई उनको पुसीबो ब्लाउजसँग लगाएको क्योरोलिना हेरेरा क्रिमी टाउजर खुबै मन पर्छ जुन उनले नोभेम्बरपछि विजयको भाषण दिँदा डेलावरमा लगाएकी थिइन् । उनले सपथ ग्रहण समारोहको दिन लगाएको रेगल पर्पल पनि मलाई खुबै मन पर्‍यो ।

फेसन पत्रकारका रुपमा कमला ह्यारिसबारे मेरो मन पर्ने अर्को फेसन तथ्य के हो भने उनी कालो वा सेतो मोतीमाला विना बिरलै देखा पर्दछिन् । उनले यस्तो मोतीमाला लगाउन थालेको ३५ वर्षभन्दा बढी भयो ।

तपाईहरूले यो कुरा कतिको ख्याल गर्नु भो– सपथ ग्रहण समारोहको दिन कमलाप्रति समर्थन र सम्मान जनाउन चाहने धेरै महिलाहरूले आआफ्नो मोतीमाला लगाएका थिए । निसन्देश यो एक अत्यन्त आनन्ददायी कुरा थियो ।

कमला आज जे लगाउँछिन्, त्यो केवल उनको निजी फेसन मात्र हुँदैन । यसले सबै जाति, रंग र वर्णका युवा महिलालाई सफलताका लागि कस्तो फेसन वा पोशकमा जोड दिन जरुरी छ भनेर शिक्षण समेत गरिरहेको हुन्छ ।

अनि कमलाले फेसनलाई महत्व दिँदा आफ्नो कामबाट कहिल्यै विमुख हुनुहुँदैन भनेर देखाउन पनि उत्तिकै जरुरी छ ।

साउथ चाइना मर्निङ पोष्टबाट ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay