scheduleआइतवारबैशाख ५ गते, २०७८

म्यान्चेस्टर डर्बीमा युनाइटेडको जीत, सिटीको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं, २४ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले म्यानचेस्टर सिटीलाई उसैको मैदानमा २-० ले हराएको हो ।

युनाइटेडको जीतमा ब्रुनो फर्नान्डेस र लुक शले १-१ गोल गरे । दुवै हाफमा एक-एक गोल भएका थिए ।

खेलको दोस्रो मिनेटमै फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । सिटीका गाब्रियल जेससले युनाइटेडका एन्थनी मार्सियाललाई डिबक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो जसमा फर्नान्डेस चुकेनन् ।

दोस्रो हाफको ५०औं मिनेटमा रासफर्डको एसिस्टमा शले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र युनाइटेड ३ अंक बटुल्न सफल भयो ।

यस हारसँगै सिटीको २१ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । विभिन्न प्रतियोगिता गरी खेलेका पछिल्ला २१ खेलमा सिटीले कुनैपनि खेल हारेको थिएन । त्यसैगरी प्रिमियर लिगका पछिल्ला १५ खेलमा सिटी अपराजित रहेको थियो । उक्त अपराजित यात्रामा युनाइटेडले पूर्णविराम लगाइदिएको छ ।

जीतसँगै २८ खेलबाट ५४ अंक भएको युनाइटेड दोस्रो स्थानमा रहेको छ भने पराजित भएपनि सिटी भने ६५ अंकका साथ शीर्षस्थानमा यथावत रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay