scheduleआइतवारबैशाख ५ गते, २०७८

बार्सिलोनाको नयाँ अध्यक्षमा लापोर्ता निर्वाचित

एजेन्सी, २४ फागुन । स्पेनिस फुटबल क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोआन लापोर्ता निर्वाचित भएका छन् । केही दिनअघि पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउसहित ४ जना बोर्ड सदस्यहरुलाई कागजपत्रसहित पक्राउ गरिएपछि नयाँ सदस्य चुन्न मतदान भएको थियो ।

लापोर्ताले आधाभन्दा धेरै भोट प्राप्त गरेका छन् । उनले ५४.४ प्रतिशत भोट प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वीले २९.९ भोट प्राप्त गरेका छन् ।

लापोर्ताले अब तत्काल सामना गर्नुपर्ने तत्काल चुनौती भनेको युरोपियन फुटबलमा हाल भएको आर्थिक संकट हुनेछ ।

बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले क्लबबाट डेब्यु गर्ने बेला पनि बार्सिलोनाका अध्यक्ष लापोर्ता नै रहेका थिए । अब मेस्सीलाई क्लबमै राख्ने मुख्य जिम्मेवारी पनि लापोर्ताकै हुनेछ । मेस्सीले यसै सिजनअघि बोर्डका सदस्यसँग असन्तुष्टि जनाउँदै क्लब छाड्न चाहेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay