scheduleबिहिवारबैशाख ९ गते, २०७८

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ, २४ फागुन । साबिक नेकपाको दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्च अदालतको नयाँ फैसलापछि विकसित घटनाक्रमलाई लिएर धारणा बनाउन स्थायी कमिटी बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उक्त समूहले आइतबार साँझ कानुन व्यवसायीहरुसँग परामर्श लिएको थियो ।

कानुन व्यवसायीको परामर्शअनुसार पार्टी बैठकले अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय लिनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay