आज सेयर कारोबार बन्द रहने
काठमाडौं, २४ फागुन । सोमबार सेयर कारोबार बन्द हुने भएको छ । आज फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएकाले नेप्से कार्यायल पनि बन्द भएको हो ।
अब बजारमा मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । आइतबार नेप्से सूचक २१.५८ अंकले घटेर २४८५.१० विन्दुमा पुगेको थियो ।
आइतबार ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।