scheduleबुधवारबैशाख ८ गते, २०७८

कानून व्यवसायीहरुसँगको छलफलपछि पुनरावलोकनमा जाने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं, २४ फागुन । प्रचण्ड–नेपाल समूह सर्वाोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ । सर्वोच्च अदालतको आइतबारको फैसला पछि मर्माहत बनेको यो समूहले कानून व्यवसायीहरुसँगको छलफलपछि पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

कानून व्यवसायीहरुको सुझावपछि यो समूह आज बोलाइएको स्थायी कमिटी बैठकबाट उक्त निर्णय पारित गराई पुनरावेदनमा जाने बताइएको छ ।

तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । सोही समयमै निर्वाचन आयोगले पार्टीको बैधानिकता दिएको थियो ।

ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको भन्दै २०७५ मंसिर २१ गते अदालतमा निवेदन दिएका थिए । उनको सोही निवेदन अनुरुप सर्वोच्चले दुई वर्ष ढिला गरी आइतबार मात्रै निर्णय सुनाएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आइतबार ऋषि कट्टेलको पार्टीलाई आधिकारिक नेकपाको मान्यता दिएको थियो । अदालतको यो फैसलापछि नेकपाको कानूनी हैसियत पार्टी एकता अगाडिको अवस्थामा पुगेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay