scheduleबुधवारबैशाख ८ गते, २०७८

वामदेवलाई फकाउन भैसेपाटी पुगे विष्णु पौडेल, के भने वामदेवले ?

काठमाडौं, २४ फागुन । खारेजीमा परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन् । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषिराज कट्टेललाई दिने फैसला गरेलगत्तै पौडेल गौतमलाई भेट्न भैसेपाटी पुगेका हुन् । उनीहरुबीच सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल भएको गौतमको सचिवालयले जनाएको छ ।

अदालतको निर्णयबाट एमाले ब्यूँतिएपछि थप शक्तिशाली बनेका गौतम फकाउन पौडेल भैसेपाटी पुगेका उनी निकट एक नेताले बताएका छन् । यसअघि फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओली पनि गौतमको स्वास्थ्य अवस्था बुझ्न भन्दै गौतम निवासमा पुगेका थिए । ओली आफ्नो समूहमा गौतम पक्षलाई ल्याउन क्रियाशिल बनेका छन्।

पुस ५ गते नेकपा अध्यक्ष एवम् केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो । पार्टी राजनीतिक रुपमा दुई समूहमा विभाजित भएपनि गौतम भने कुनै पनि समूहमा खुलेका थिएनन् ।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay