scheduleबुधवारबैशाख ८ गते, २०७८

संसदमा गज्जबको सेटिङ देखियाे, सक्ने भए अध्यादेश फेल गरेर देखाए हुन्छ – प्रम ओली

काठमाडाैं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन् । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाडौंमा गरेकाे कार्यक्रममा उनले संसदमा अध्यादेश पेश गर्न नदिएकाेमा आक्रोश व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संसदमा गज्जबको सेटिङ देखिएको समेत बताए । उनले संसदमा यस्तै रडाको हुन्छ भनेरै आफूले प्रतिनिधिसभा विघटन गरेको तर्क गरे । त्यस्तै उनले सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्नसमेत सुझाव दिएका छन्

प्रधानमन्त्री ओलीले केही मान्छेले अदालतले भनेको पनि नसुन्ने गरेको आरोपसमेत लगाए । त्यस्तै प्रधानमन्त्री ओलीले पुनःस्थापित संसदमा देशका समस्याबारेमा छलफल हुन पाउनुपर्ने भएपनि आइतवार त्यस्तो अवस्था नभएको बताए ।

प्रधानमन्त्री ओलीले एसिड आक्रमणकारीविरुद्ध अध्यादेशविरुद्द कडा कानुन ल्याउँदा पनि केहीले विरोध गरेको गुनासो गरे । अहिलेको सरकार समाजिक न्याय र समानताका लागि प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay