scheduleबुधवारबैशाख ८ गते, २०७८

माधव नेपाल निकट नेताहरु भन्न थाले – पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ

काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिने फैसला गरेसँगै राजनीतिक वृतमा ठूलो हलचल मच्चिएको छ । अदालतले आइतबार तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को विपक्षमा अथवा ऋषिराज कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

सर्वोच्चले पहिलेकै अवस्थामा अथवा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि तत्कालिन एमालेका नेताहरु तनावमा परेका छन् । अब कसरी अघि बढ्ने भन्नेबारे प्रचण्ड–नेपाल समूहतिर लागेका पूर्व एमालेका नेताहरुले अलि धेरै तनावमा देखिएका छन् । थर रणनीति बनाउन भन्दै माधव नेपाल पक्षका नेताहरु आइतबार छ्ट्टै छलफलममा समेत बसेका थिए ।

साबिककाे एमालेका माधव कुमार नेपाल समूहका नेताहरुले एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नुपर्ने बताउन थालेका छन् । नेपाल निकट मानिने नेता विष्णु रिजालले सोमवार ट्वीट गर्दै सर्वोच्चको फैसलापछि एमालेमा जाने वा नजाने भन्ने प्रश्न नै नरहने बताएका छन् । उनले एमाले केपी ओली र माधव नेपाल दुबैको भएको बताएका छन् । पार्टी ब्युँतिएपछि आफूहरु सबै एमाले नै रहेको उनले ट्वीटमार्फत बताएका छन् ।

उनले भनेका छन् – ‘सर्वोच्चको फैसलापछि एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन । एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो । पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ ।’

साबिक एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटिमा नेपाल पक्ष अध्यक्ष ओली पक्ष संख्याका हिसाबले हाराहारीमा रहेका छन् । तर संसदीय दलमा निक्कै फरकको अवस्थामा रहेका छन् ।

१२० जना सांसद मध्ये ओली पक्षमा ८० जना छन् भने बाँकी ४० मात्रै नेपाल कित्तामा देखिएका छन् । एमाले फुटाएर बाहिर निस्कन केन्द्रीय कमिटिमा ४० प्रतिशत पुगे पनि संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएकोले सजिलै पार्टी फुटाएर अघि बढ्न सक्ने अवस्थामा छैन ।

नेपाल पक्षका अधिकांश नेताहरु एमालेभित्रै संघर्ष गर्नुपर्ने मानसिकतामा देखिन्छन्। उनीहरुले सर्वोच्चले फैसला गरेसँगै अब एमालेभित्रै रहेर संघर्ष गनुर््पर्ने बताउन थालेका छन् । एमाले ओलीको मात्रै नभएको र आफूहरुको पनि रहेको उनीहरुले बताउन थालेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay