scheduleबुधवारबैशाख ८ गते, २०७८

घनश्याम भुसाल प्रचण्ड-नेपाल समूहको बैठकबाट अचानक किन बाहिरिए ?

काठमाडौं । खारेजीमा परेको नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक चल्दै गर्दा स्थायी समिति सदस्य घनश्याम भुसाल अचानक बाहिरिएका छन् । ४ बजे बसेको बैठकबाट उनी बाहिरिएका हुन् । भुषाल के कारणले पेरिसडाँडाबाट बाहिरिएको भन्ने कारण खुलाउन चाहेनन् ।

भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिन पनि उनले इन्कार गरेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेजीको फैसला भएसँगै प्रचण्ड–नेपाल समूहको आकस्मिक स्थायी समिति बैठक बोलाएको थियो।

बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गरिने प्रचण्ड- नेपाल समूहले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay