scheduleबुधवारबैशाख ८ गते, २०७८

अन्ततः प्रचण्ड र नेपाल पनि छुट्टिने, एमाले र माओवादी केन्द्र अलग भएर जाने पेरिसडाँडाको निर्णय

काठमाडौं, २४ फागुन । प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठकले अलग–अलग भएर अघि बढ्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको बैठकले एमाले अलग र माओवादी केन्द्र अलग भएर अघि बढ्ने निर्णय गरेको नेता झलनाथ खनालले बताएका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएपछि नेकपा फेरि पहिलेकै अवस्थामा आईपुगेको हो । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि राजनीतिक घटनाक्रम नयाँ सतहमा मोडिएको हो ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरमा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेका थिए । एक केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको उनीहरुको निष्कर्ष रहेको थियो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले) का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूले दाबी गर्दै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay