scheduleमगलवारबैशाख ७ गते, २०७८

पेरिसडाँडाबाट ‘फेरि भेटौँला’ भन्दै बाहिरिए झलनाथ

काठमाडौं, २४ फागुन । प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनाल पेरिस डाँडाबाट ‘फेरि भेटौँला’ भन्दै बाहिरिएका छन् । ।

सर्वोच्चको फैसलापछि सोमबार सो समूहले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै स्थायी कमिट बैठक बोलाएको थियो । सोहि बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले भने, ‘कानुनतः एकीकृत भइसकेका पार्टीहरुलाई कानुनतः दुईवटा पार्टीमा विभाजन गरेको छ।’

‘अदालतले गरेको यो फैसलालाई कार्यान्वयन गर्छौँ । तर साथसाथै यसप्रति हाम्रो गहिरो असहमति रहेको कुरा पनि प्रकट गर्छौँ । आ आफ्नो पार्टीमा रहेर वामपन्थी एकतालाई अघि बढाउन दृढतापूर्वक लाग्छौँ ।’ खनालले भने । सो समूहको बैठकले पूर्व एमाले र पूर्व माओवादी अलग अलग भएर जाने निर्णय गरेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay