scheduleमगलवारबैशाख ७ गते, २०७८

सिरियाका राष्ट्रपति दम्पती एकैपटक कोरोना सङ्क्रमित

एजेन्सी, २४ फागुन । सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमितहरुलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरुमा कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको हो ।

उनीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको सोमबार सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । सम्भावित केही लक्षणहरु देखिएपछि राष्ट्रपति अल असद र उनकी श्रीमती अस्माको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । सिरियामा कोरोनाभाइसबाट अहिलेसम्म १५ हजार ९८१ जना सङ्क्रमित भएका छन भने तीमध्ये अहिलेसम्म एक हजार ६३ जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay