scheduleबुधवार आषाढ़ २ गते, २०७८

भारतमा व्यापार गर्दै आएकी नेपाली महिलाको गोली हानेर हत्या

काठमाडौं, ४ चैत । भारतमा व्यापार गर्दै आएकी एक नेपाली महिलाको गोली हानेर हत्या भएको छ । राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानेर हत्या भएको हो । उनलाई लुटेराहरुले गोली हानेर हत्या गरेको भारतका संचारमाध्यमले जनाएका छन् ।

नयाँदिल्लीको मजनुका टिलामा करिब पाँच वर्ष देखि किराना पसल चलाउँदै आएकी नुवाकोट घर भएकी ४५ वर्षीय तामाङको हत्या भएको हो । मोटरसाइकलमा आएका दुई जना लुटेराले पसल लुट्न खोज्दा तामाङले प्रतिकार गर्दा उनीमाथि गोली प्रहार भएको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय