scheduleशुक्रवार आश्विन १ गते, २०७८

सभापति देउवाले बैठक बाेलाएलगत्तै पौडेल समूहकाे ‘अर्थपूर्ण’ छुट्टै भेला, बनाए यस्ताे रणनीति

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु बोहराटारमा भेला भएका छन् । राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल गर्न पौडेललगायत असन्तुष्ट पक्षका नेताहरू भेला भएका हुन् ।

बैठकमा ओली सरकारको विकल्प र कांग्रेसको भूमिका र अन्य दलहरूसँग साझेदारीबारे छलफल भएको एक नेताले बताएका छन् ।

कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको आरोप लागिरहेका बेला यो बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ।

केहीबेर अगाडि सकिएको बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, डा. मिनेन्द्र रिजाललगायत नेताहरू सहभागि भएका थिए ।

सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकटका नेतासँग आज छलफल गरेका हुन् ।

नयाँ सरकार निर्माणमा कांग्रेसको बेवास्ताले गर्दा जनता समाजवादी पार्टी र माओवादी केन्द्रले पनि ठोस् निर्णय लिन सकेका छैनन्। ओलीको विकल्प खोज्‍न देउवालाई दबाद दिने रणनीतिअनुसार यो बैठक बोलाइएको एक नेताले बताए ।

सर्वोच्चको पछिल्लो फैसलापछि संकटमा परेका ओलीको विकल्प खोज्‍नेतिर कांग्रेसले संस्थागत रुपमा कुनै अग्रसरता देखाएको छैन।

१४ औं महाधिवेशन भदौ ७ देखि तोकिए पनि तयारी नभएको, केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट बिदा गर्नुपर्ने प्रस्ताव अरू दलहरूबाट आइरहे पनि सभापति देउवाले अग्रसरता नदेखाएकोजस्ता विषयमा छलफल गरी ध्यानाकर्षण गराउन पौडेल पक्षले भेला राखेको एक नेताले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय