scheduleमगलवार आश्विन ५ गते, २०७८

म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलबाट बाहिरियो

काठमाडौं, ९ चैत । म्यान्चेस्टर युनाइटेड इंग्लिस एफए कप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । गएराति भएको खेलमा लेस्टर सिटीसँग ३-१ ले पराजित भएको युनाइटेड अन्तिम आठमै रोकिएको हो ।

घरेलु मैदानमा लेस्टरको जीतमा केलेची इहियानाचोले २ तथा युरी टाइलेमन्सले एक गोल गरे भने युनाइटेडका मेसन ग्रीनवूडले एक गोल गरे ।

खेलको २४औं मिनेटमा इहियानाचोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा ग्रीनवूडले गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

५८औं मिनेटमा टाइलेमन्सले गोल गर्दै लेस्टरलाई पुनः अगाडि ल्याए । ७२औं मिनेटमा इहियानाचोले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरको ३-१ को जीत सुनिश्चित गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय