scheduleमगलवार आश्विन ५ गते, २०७८

इङ्ग्ल्यान्डमा नयाँ कोरोनाभाइरस कानुनः आफूखुसी विदेश गए ५ हजार पाउन्ड जरिवाना लाग्ने

काठमाडौं, १० चैत । उचित कारणबिना विदेश भ्रमणमा जाने इङ्ग्ल्यान्डका नागरिकलाई ५ हजार पाउन्ड जरिवाना हुने भएको छ । विदेश भ्रमण अनावश्यक रुपमा गए ५ हजार पाउन्ड जरिवाना लाग्नेसम्बन्धी नयाँ कोरोनाभाइरस कानुन आगामी सातादेखि लागु हुँदैछ।

त्यहाँका सांसदले बिहीवार पारित गरेको कानुनको बिना कुनै कारण विदेश भ्रमण गर्ने नागरिकलाई जरिवाना गर्ने प्रावधान छ । सोमवारसम्म लागु हुने नियममा पनि विदेश भ्रमण वर्जित थियो । अब त्यो प्रतिबन्ध यूकेमा रहेका सबैलाई कानुनका रूपमा लागु हुने भएको छ।

अहिलेको योजनानुसार बिदा मनाउन विदेश जाने प्रतिबन्ध कम्तीमा मे १६ सम्म लागु हुनेछ । तर हाल युरोप र अन्यत्र बढिरहेको सङ्क्रमणका कारण यो पछि धकेलिने सम्भावना रहेकाे बीबीसीले खबर लेखेकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय